Public Pana
राजा आउने खुसीयालीमा मंगलवार सार्वजनिक विदा दिने सरकारको निर्णय

नेपालमा राजा आउने खुसीयालीमा सरकारले भोली मंगलवार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

सोमवार बिहान बसेको मन्त्रीपरिषद् वैठकले मंलगबार नेपाल आउन लागेका कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीको राजकीय भ्रमणको अवसरमा सार्वजनिक बिदा दिएको सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिएकी हुन् । 

गणतन्त्रबादी सरकारले राजा आउने खुसीयालीमा विदा  दिएको पहिलो घटना हो । यसअघि नेपालमा राजतन्त्र रहेका बेला तत्कालिन राजाहरुको विदेश प्रस्थान र फर्किने दिने सार्वजनिक विदा दिने चलन थियो ।

प्रकाशित मिति: सोमबार, वैशाख १०, २०८१  १२:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update