Public Pana
जलवायु संकट न्यूनिकरणमा सञ्चारमाध्यम प्रमुख : विज्ञ 

जलवायु संकटलाई मध्यनजर गर्दै सञ्चार माध्यमहरुले प्रमुख प्राथमिकता दिनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । नजिकिदैको मे ३ मा हुने विश्व प्रेस स्वतन्त्रतालाई लक्ष्य गर्दै सेन्ट जेभियर्स कलेज माइतिघरले आयोजना गरेको छलफल कार्यक्रममा विपत् व्यवस्थापनमा प्रेसले जोड दिनुपर्ने उनिहरुले उल्लेख छन् र प्रकोप आउँदा मुख्य समाचार बनाउने सञ्चार माध्यमले विपत् हुनुअघि व्यवस्थापनमा सरकार, स्थानिय तह र सर्वसाधारण सचेत हुनुपर्नेमा संयुक्त राष्ट्र संघका संरक्षणविद तोप खत्रीले आग्रह गरेका छन् । 

IMG_6429-(3)-ok-1713719744.jpg
 

उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा राजनीतिक विषयलाई प्राथमिकता दिने चलन कायमै भएकाले संरक्षणमा जोड दिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार नेपालमा वायु प्रदुषण बढ्दै गएकाले वार्षिक करिब ४०,००० मृत्यु हुनुका साथै काठमाडौं उपत्यका विश्वको सबैभन्दा प्रदुषित शहरको रुपमा चिनिएको छ ।

जसका कारण समस्या न्यूनिकरणका सञ्चार माध्यमले सबैको ढोका नकनक गर्नुको विकल्प नभएको नेपाली टाइम्सका कार्यकारी सम्पादक सोनिया अवालेले बताइन् । समाचार शाखामा समूहगत निर्णय हुने भएकाले वातावरण न्यून क्षेत्रमा परेको उनले स्वीकार गरिन् । 

विभिन्न संघसस्थाद्धारा वातावरण कार्यक्रममा आवाज उठाएपनि युवाको सहभागितामा चासो नदिएकाले पनि समस्या घट्न नसकेको विज्ञहरुको भनाई छ । 

सेन्ट जेभियर्समा पत्रकारिता अध्ययनरत विद्यार्थीहरुले सञ्चालन गर्दै आएको मिडिया टक सिरिज कार्यक्रम नाम चलेका टेलिभिजनबाट प्रसारित कार्यक्रम जस्तै रहेकाले आगामी दिनमा विश्वभर चम्कनेमा विज्ञको विश्वास समेत रहेको छ । 

1-ok-1713719787.jpg
 

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  २२:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update