Public Pana
आइपीएल : दिल्ली क्यापिटल्समाथि सनराइजर्स हैदराबादको ६७ रनको जित

 

 

काठमाडौं-जारी आइपीएलअन्तर्गत गए राति भएको खेलमा  सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्समाथि ६७ रनको जित हात पारेको छ ।

ओपनरहरु ट्राभिस हेड र अभिषेक शर्माको विष्फोटक ब्याटिङमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई पराजित गरेको हो। 

२६७ रनको लक्ष्य पछ्याएको दिल्ली १९.१ ओभरमा १९९ रनमा अल आउट भयो । दिल्लीका ज्याक फ्रेजर म्याकगुर्कले १८ बलमा ६ चौका र ७ छक्कासहित ६५ रन बनाए । ऋषभ पन्त ४४, अभिषेक पोरल ४२,पृथ्वी शा १६ र डेविड वार्नर १ रनमा आउट भए । 

हैदराबादका टी नटराजनले ४ ओभरमा १ मेडनसहित १९ रन खर्चेर ४ विकेट लिए । मयंक मारकंडे र नितेश रेड्डीले २/२ तथा वासिन्टन सुन्दर र भुवनेश्वर कुमारले १/१ विकेट लिए ।

त्यसअघि अरुण जेट्ली स्टेडियम दिल्लीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदराबादले २० ओभरमा ७ विकेट गुमाउँदै २६६ रन बनाएको थियो । हैदराबादले यसअघि मुम्बईविरुद्ध २७७ र बेंगलोरविरुद्ध २८७ रन बनाएको थियो ।

 

 

हैदराबादका ट्राभिस हेडले ३२ बलमा ११ चौका र ६ छक्कासहित ८९ रन बनाए । अभिषेक शर्मा १२ बलमा २ चौका र ६ छक्कासहित ४६ रनमा आउट भए । यी दुई ओपनरले पावर प्ले अर्थात सुरुवाती ६ ओभरमा १२५ रन बनाएका थिए ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०८:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update