Public Pana
३ प्रदेशमा आज हावाहुरी, मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। 

यतिबेला (आइतबार बिहान) सुदुरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था छ भने देशका बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ। 

आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने अनुमान छ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा दिउँसो मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा दिउँसो हल्का हिमपातको सम्भावना छ भने लुम्बिनी र कोशी प्रदेशका तराई भूभागका एकदुई स्थानमा दिउँसो हावाहुरीको पनि सम्भावना रहेको छ। 

आज राति पनि कोशी, मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा आंशिक बदलीको अवस्था रहने छ। 

मधेस र कोशी प्रदेशका तराई भूभागका थोरै स्थानका साथै लुम्बिनी प्रदेशका तराई भूभागका एकदुई स्थानमा राति पनि हावाहुरीको सम्भावना रहेको महाशाखाले आइतबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कस्तो होला सोमबार र मंगलबारको मौसम? 

२०८१ वैशाख १० गते (सोमबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रहि कोशी, मधेश र बाग्मती प्रदेशमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस प्रदेशको तराई भुभागका केहि स्थानमा साथै कोशी र लुम्बिनी प्रदेशको तराई भुभागका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

 राति: कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली  रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एक-दुइ स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

 २०८१ वैशाख ११ गते (मंगलबार)
दिउँसो: गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली भई कोशी र बागमती प्रदेशका पहाडी भुभागमा आंशिक बदली रहि बाँकि भू-भागमा मौसम मुख्यतया सफा रहने छ | गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानमा तथा कोशी र बाग्मती प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको  उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। मधेस र कोशी प्रदेशको केहि स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

राति: कोशी, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भू-भागमा आंशिक बदली  रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ। गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको  छ। कोशी प्रदेशको थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको छ।

 आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मधेस र कोशी प्रदेशको तराई भुभागका थोरै स्थानमा साथै लुम्बिनी प्रदेशको तराई भुभागका एक-दुई स्थानमा हावाहुरीको सम्भावना रहेकोले त्यस क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध छ।

प्रकाशित मिति: आइतबार, वैशाख ९, २०८१  ०७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update