Public Pana
एसीसी प्रिमियर कप : ब्याटिङमा असफल नेपाली कप्तान पौडेल

काठमाडौं– जारी एसीसी प्रिमियर कपमा कप्तान रोहित पौडेलको कप्तानी इनिङ खेल्न असफल देखिएको छ। ओमनमा जारी कपमा तेस्रो स्थानलाई भएको खेलमा पनि रोहितले कप्तानी इनिङ खेल्न सकेनन्।

अन्तिम खेलमा हङकङ विरुद्ध रोहितले १९ बल खेलेर २१ रन बनाए। यसअघि उनको उच्च स्कोर मलेसिया विरुद्ध २८ थियो।

रोहितले कतारविरुद्ध १८, लिग चरणमा हङकङ विरुद्ध २५, साउदी अरबिया विरुद्ध १६ र युएईविरुद्ध शुक्रबार ५ रन बनाए। 

नेपालका दुवै ओपनरहरु कुशल भूर्तेल र आरिफ सेख सस्तैमा आउट हुँदा तेस्रो नम्बरमा ब्याटिङ गर्न आउने रोहितले धेरै बल खेलर रन नवनाउदा उनी पछि आउने ब्याटरहरुलाई दबाब पर्ने अनि ठूलो सर्ट खेल्ने प्रयास गर्दा विकेट गुमाउने भइरहेको छ।

समग्रमा एसीसी प्रिमियर कपमा कप्तानको भूमिकामा रहेका रोहितको प्रदर्शन भने गतिलो नरहेको देखिन्छ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update