Public Pana
एसीसी प्रिमियर कप:  हङकङसँग  ४ विकेटले पराजित भयाे नेपाल

 एसीसी मेन्स प्रिमियर कप अन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा नेपाल हङकङसँग ४ विकेटले पराजित भएको छ। १४० रनको मध्यम लक्ष् पछ्याएको हङकङले अन्तिम ओभरमा जित हासिल गरेको हो।

हङकङका जितका लागि अंशुमन राठले सर्वाधिक ६५ रन बनाए। उनले अविजित रहँदै ५० बलमा ४ चौका र २ छक्का प्रहार गरे।
टस जितेर पहिले ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३९ रनको स्कोर बनाएको थियो। 

खराब सुरुवात गरेको नेपालका लागि १३९को स्कोरसम्म पुर्‍याउन दीपेन्द्र सिंह ऐरीको ब्याटिङको भूमिका महत्वपूर्ण रह्यो। उनले अन्तिम ओभरमा नै दुई छक्का र दुई चौका प्रहार गर्दै २० रन जोडेका थिए।  

जम्मा २९ बल खेलेका ऐरीले तीन छक्का र चार चौका प्रहार गर्दै नटआउट ४४ रन जोडे। यस्तै सन्दीप जोराले २२, कप्तान रोहित पौडेलले २१, कुशल मल्लले १३ र सोमपाल कामीले १२ रन जोडे। 

ओपनर कुशल भुर्तेल शून्य रनमै डकआउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। 

 

 

ता हङकङका लागि आयुस श्क्लाले तीन विकेट लिँदा अतीक इकबाल, यासिम मर्तजा र इसान खानले १/१ विकेट लिए। 

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १९:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update