Public Pana
कुशल भुर्तेल लगातार तेस्रो खेलमा शून्यमा आउट

काठमाडौं - नेपालका ओपनर कुशल भुर्तेल ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ मा तेस्रो स्थानका लागि भएको खेलमा हङकङसँगमा पनि शून्यमा आउट भएका छन् ।

तीव्र गतिका बलर आयुश शुक्लाको बलमा एज लागेर कुशल जिशान अलीबाट क्याच आउट भएका हुन् । कुशल पहिलो सेमिफाइनल खेलमा शुक्रबार युएईसँग पनि शून्यमै आउट भएका थिए । उक्त खेलमा जुनैद सिद्दिकको इनिङको पहिलो बलमै विकेटकिपरबाट क्याच आउट भएका थिए । दुबै खेलमा कुशल गुड लेन्थको रोक्न खोज्दा एज लागेर आउट भएका हुन् । 

 

 

यसअघि समूह चरणको अन्तिम खेलमा साउदी अरेबियासँग पनि उनी शून्यमै आउट भएका थिए ।

अल अमरेत क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले १ ओभरमा १ विकेट गुमाउँदै १ रन बनाएको छ । नेपालका आसिफ शेख शून्य र सोमपाल कामी १ रनमा क्रिजमा छन् ।

 

 

नेपाल युएईसँग ६ विकेट तथा हङकङलाई ओमानसँग ५ विकेटले पराजित हुँदै सेमिफाइनलबाट बाहिरिएका थिए । फाइनल पुगेका ओमान र युएई स्वत इमर्जिङ टिम्स एसिया कपमा पुगेका छन् ।

प्रकाशित मिति: शनिबार, वैशाख ८, २०८१  १६:४०
प्रतिक्रिया दिनुहोस्
Weather Update