Public Pana
नेसनल पेमेन्ट गेटवे प्रकरण : नेपाल टेलिकमका प्रबन्ध निर्देशक सुनिल पौडेल २३ कराेड भ्रष्टाचारमा दाेषी ठहर

 काठमाडाै- नेसनल पेमेन्ट गेटवे प्रकरणमा विशेष अदालतले सुनिल पौडेललाई दोषी ठहर गर्दै बाँकी आठजनालाई सफाइ दिएको छ । शुक्रबार विशेष अदालतले यो मुद्दामा फैसला सुनाउदै पाैडेललाई नै जिम्मेबार ठहर गर्दै दाेषी ठहर  गरेको हो । 

विशेषका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो ।  विशेष अदालतका अनुसार सुनिल पौडेललाई विशेषले दोषी ठहर गर्दैउ २५ वैशाखमा सजाय निर्धारणको पेसी तोकेको छ ।  

पौडेल तत्कालीन राष्ट्रिय सूचना प्रविधि केन्द्रका उपनिर्देशक हुन् । साथै उनी पछिल्लो पटक नेपाल टेलिकमको प्रबन्ध निर्देशकका रुपमा कार्यरत थिए । 

विशेषले २३ कराेड २७ लाख ५८ हजार ७७ रुपैया राज्यकाेषकाे दुरुपयाेग भएकाे ठहर गरेकाे छ । विशेषले उक्त सफ्टवेयर खरिद सम्झाैता गरेपछि सञ्चालनमा ल्याउने जिम्मेबारी उनकै हुने भन्दै दाेषी ठहर गरेकाे हाे । 

No description available.No description available.

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १८:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update