Public Pana
कोशीमा मुख्यमन्त्रीलाई विश्वासको मत लिन निर्देशन दिने संकल्प प्रस्ताव पारित

काठमाडाै- कोशीमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रले मुख्यमन्त्री केदार कार्कीलाई विश्वासको मत लिन निर्देशन दिनेलगायतका विषय समावेश संकल्प प्रस्ताव प्रदेशसभाबाट पारित भएको छ ।

उक्त प्रस्तावको पक्षमा ५२ सांसदले मत दिए  भने विपक्षमा रहेका प्रदेशसभा सांसदहरुले मत दिन चाहेनन् । ३ जना भने तटस्थ रहेका प्रदेशसभाका सभामुख अम्बरबहादुर विष्टले जानकारी दिए ।


एमाले संसदीय दलका प्रमुख सचेतक रेवतीरमण भण्डारीले मुख्यमन्त्री कार्की अल्पमतमा रहेकाले उनलाई विश्वासको मत लिन प्रदेशसभाले निर्देशन दिनुपर्नेलगायतका विभिन्न मागसहित संकल्प प्रस्ताव राखेका थिए ।

उक्त प्रस्तावलाई एमालेका किशोरचन्द्र दुलाल र माओवादी केन्द्रका गणेश उप्रेतीले समर्थन गरेका थिए ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update