Public Pana
सुप्रिम सहकारी ठगी : अध्यक्ष गुरुङ थुनामा  र  दिपेश पूनसँग ४ लाख धराैटी माग  गर्ने आदेश

काठमाडाै- बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला अदालत रुपन्देहीले एक जनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ भने ६ जनालाई धरौटीमा छाड्ने आदेश गरेकाे  छ ।

न्यायाधीश डा. श्रीप्रकाश उप्रेतीको इजलासले सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङलाई थुनामा पठाउने आदेश दिएको श्रेस्तेदार यज्ञमूर्ति ज्ञवालीले  बताए । 

सुप्रिम सहकारी ठगी प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले २८ जनाविरुद्ध मुद्दा दायर गरेकामा शुक्रबार थुनछेक बहसका क्रममा ७ जना उपस्थित थिए । उनीहरुमध्ये पुनलाई थुनामा पठाउने र अरु ६ जनालाई धरौटीमा छाड्ने आदेश  गरेकाे हाे । 
अदालतले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई ४ लाख रुपैयाँ धरौटीमा  रिहा गर्न  आदेश  गरेकाे  छ ।
त्यस्तै नवीन अछामीसँग १० लाख, दुर्गा चापागाईंसँग १८ लाख, दीपक न्यौपानेसँग ४ लाख ४५ हजार, नीता थापामगरसँग २ लाख र रोशनी गुरुङसँग २ लाख रुपैयाँ धरौटी माग भएको श्रेस्तेदार ज्ञवालीले जानकारी दिए । अदालतमा उपस्थित नभएका प्रतिवादीहरुका नाममा भने म्याद जारी गरिएको छ ।

कास्की कारागार पोखरामा रहेका कुमार रम्तेल र भविश्वर अर्याललाई झिकाएर बयान लिइने छ ।  सुप्रिम सहकारीमा रकम वचत गर्ने १८३१ जनाले आफूहरुको रकम फिर्ता नपाएको भन्दै सहकारीका सञ्चालक र कर्मचारीविरुद्ध जाहेरी दिएका थिए । वचतकर्ताको दाबी अनुसार उक्त सहकारीले करिब एक अर्ब रुपैयाँ अपचलन गरेको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १५:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update