Public Pana
नेपालले युएईलाई दियो १२० .रनको सामान्य लक्ष्य 

काठमाडाै- नेपालले एसीसी प्रिमियर कपको पहिलो सेमिफाइलन खेलमा चिरपरिचित युएईलाई  १२० रनको सामान्य लक्ष्य दिएको छ ।

नेपालले ८ .विकेट गुमाएर २० ओभर खेल्दै ११९ .रन बनाउन सक्यो । नेपालका लागि सर्वाधिक रन सन्दिप जोराले बनाए । जोराले ५० रन बनाए । उनी बाहेक अन्य ब्याटरको प्रर्दशन विर्सन लायक रह्यो । नेपालका शिर्ष ब्याटरहरु सस्तैमा आउट भएपछि नेपालले चुनौतीपूर्ण लक्ष्य दिनवाट चुकेको हो । 
नेपालका लागि कुशल भुर्तेल शून्य रनमा आउट भएका थिए । उनीपछि आशिफ सेख ८ रन बनाए, रोहित पौडेलले छ रन बनाए । त्यस्तै कुशल मल्ल ३ रन दिपेन्द्रसिंह ऐरीले ५रन बनाए । उनीपछी क्रिजमा आएका गुल्सन झाले २० रन बनाए ।  

सोमपाल कामीले २ रन र करण केसीले १७ रन बनाए । अभिनास बोहोरा १ र ललित राजवंशी २ रन बनाए ।

टस हारेर नेपालले .पहिले ब्याटिङ गरेको थियो ।  नेपाललाई सस्तैमा समेट्न युएईका मोहमद फारुकले २ विकेट लिए भने अन्यले एक एक विकेट लिएका थिए । नेपालले एसियाकप खेल्नका लागि जित्नै पर्नुपर्ने दवावमा छ ।

अव नेपालले कसिलो बलिङका साथै लगातार विकेट लिनुपर्ने छ । 
 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update