Public Pana
सुनको मूल्य तोलामा ७ सय रुपैयाँ बढ्यो

सुनको मूल्य शुक्रबार पनि उकालो लागेको छ। स्थानीय बजारमा छापावाला सुनको मूल्य आज ७ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

बिहीबार प्रतितोला एक लाख ३८ हजार ६ सयमा कारोबार भएकोमा आजका लागि भने एक लाख ३९ हजार तीन सय मूल्य निर्धारण भएको छ। 

यस्तै तेजाबी सुन बिहीबार तोलामा एक लाख ३७ हजार ९ सय ५० रुपैयाँमा कारोबार भएकामा आजका लागि भने एक लाख ३८ हजार ६ सय ५० निर्धारण भएको छ। 

 

 

त्यस्तै चाँदीको मूल्य भने सामान्य गिरावट भएको छ। बिहीबार प्रतितोला एक हजार सात सय २५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय २० रुपैयाँ निर्धारण भएको छ। 

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update