Public Pana
नेपालकाे खराव शुरुवात दुवै ओपनर सस्तैमा गुमायाे 

काठमाडाै- एसीसी प्रिमियर कपकाे सेमिफाइल खेलमा नेपालले खराव शुरुवात गरेकाे छ । नेपालले दुवै ओपनरहरु कुशल भूर्तेल र आसिफ शेख दुवैलाई गुमाएकाे छ ।

कुशल पहिलाे वलमै आउट भएका थिए भने आशिफ  ८ रन बनाएर आउट भए । उनले एक छक्का मात्र प्रहार गरे । नेपालले  ३ ओभरमा ११ रन बनाए दुई विकेट गुमाएकाे छ । क्रिजमा कप्तान राेहित पाैडेल र सन्दिप जाेरा छन् ।

नेपालल आजकाे खेल जितेर फाइलन पुग्नुपर्ने छ । युएइपनि यही दवावमा छ । नेपालले पावर प्लेमा लगातार विकेट गुमाउदा दवावमा आएकाे छ ।

नेपालले राम्राे शुरुवात गर्न नसकेका कारण केही सघर्ष गरिरहेकाे छ । विहान भएकाे टस हारेकाे नेपालले पहिले ब्याटिङकाे निम्ताे पाएकाे थियाे ।

 नेपाल फाइलन पुग्दै एसिया कप खेल्ने दाउमा छ भने युएइ पनि साेही रणनीतिमा छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
Weather Update