Public Pana
एसीसी प्रिमयर कप :   युएई विरुद्ध टस हारेर पहिले ब्याटिङ गर्दै नेपाल 

काठमाडाै- एसीसी मेन्स प्रिमियर कप २०२४ अन्तर्गत पहिलो सेमिफाइनलमा नेपाल र यूएई खेल्दैछन् । खेल नेपाली समय अनुसार ११:४५ बजे सुरु हुनेछ ।

यूएईका कप्तान मोहमद वासिमले टस जितेर पहिलो फिल्ड गर्ने निर्णय लिएका छन् । नेपालले पहिलो ब्याटिङ गर्नेछ ।  नेपालले पछिल्लो खेलबाट एक परिवर्तन गरेको छ । साउदी अरबविरुद्ध खेलेका प्रतिश जिसीको स्थानमा सोमपाल कामी टिममा फर्किएका छन् ।

नेपालको प्लेइङ ११:

कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल (कप्तान), कुशल मल्ल, गुलशन झा, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी, करण केसी, अभिनाश बोहोरा, ललित नारायण राजवंशी

बेन्च : अनिल शाह, विवेक यादव, प्रतिश जिसी

प्रकाशित मिति: शुक्रबार, वैशाख ७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update