Public Pana
एमाले नेता महेश बस्नेतलाई बलात्कार आरोपमा उन्मुक्ति दिइयाे

काठमाडाै-  जिल्ला सरकारी वकिलकाे कार्यालयले एमाले नेता महेश बस्नेत विरुद्धकाे बलत्कार सम्वन्धी जाहेरी तामेलीमा पठाएकाे छ ।  

 जिल्ला प्रहरी परिसर, काठमाडौंले एमाले नेता  बस्नेतविरुद्ध परेको जबरजस्ती करणी आरोपको किटानी जाहेरीमाथि  निर्णयका लागि सरकारी वकिल कार्यालय पठाएकाे थियाे । उक्त निर्णयपछि प्रहरीले अव अनुसन्धान ‍गर्ने  नपर्ने भएकाे  छ ।

प्रारम्भिक अनुसन्धानमा जाहेरीअनुसार तथ्य नमिलेको 
 पाएकाे भन्दै  जाहेरी तामेलीमा राख्न काठमाडौं प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंलाई सिफारिस गरेको थियो ।

सरकारी वकिल कार्यालयका अनुसार, काठमाडौं प्रहरीले गरेको सिफारिस अनुसार जाहेरीलाई तामेलीमा राख्ने निर्णय भइसकेको छ ।  

बस्नेतविरुद्ध पीडित भनिएकी महिलाले हुलाकमार्फत जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंमा जाहेरी दिएकी थिइन् । सरकारी वकिलले अनुसन्धान गर्न भन्दै उक्त जाहेरी जिल्ला प्रहरी परिसर, टेकुमा पठाएको थियो ।

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  २१:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update