Public Pana
राष्ट्रिय सभा अध्यक्ष दाहालको टिप्पणीः ‘प्रधानमन्त्रीसँग नाम जोडिँदा वाक्कदिक्क भइसकेँ’

काठमाडाै- राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले आफ्नै बलबुँत्ताको भरमा आफू अघि बढ्दै आएको बताएका छन् । 

प्रधानमन्त्री पुष्पकमल दाहालका कारण राष्ट्रिय सभाको अध्यक्षको जिम्मेवारी पाएको चर्चा भईरहँदा उनले अहिलेसम्म गरेको सबै आफ्नै बलबुत्ताले भएको जिकिर गरेका हुन ।   मंगलबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रममा अध्यक्ष दाहालले प्रधानमन्त्री पुष्पकमल दाहाल र आफूले २०२७ सालमा एकैदिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको र आजसम्मसँगै काम गरेको पनि बताए ।   प्रधानमन्त्री दाहाललाई आफूले कुनैपनि राजनीतिक गतिविधिमा नछाडेपनि उनकै निगाहामा आफूलाई राष्ट्रिय सभाका अध्यक्ष बनाएको भन्ने टिप्पणी आफू वाक्क भएको प्रतिक्रिया समेत दिए । अध्यक्ष दाहालले आफूले राष्ट्रिय सभाको नेतृत्वमा रहेर कुनैपनि नराम्रो काम नगर्ने प्रतिवद्धता समेत व्यक्त गरे 

‘म त्यो विषयमा धेरै बोल्ने मोडमा छैन है । कति बोल्ने म त्यो विषयमा ? २०२७ सालमा एकै दिन अनेरास्ववियुको सदस्यता लिएर राजनीति शुरु गरेको अध्यक्ष र म । उहाँ गोरखामा पढाउनु हुन्थ्यो । म काठमाडौंमा डिप्लोमा पढ्दै थिएँ सानोठिमीमा । त्यो बेला पुष्पलालकोमा लागियो । चौथो महाधिवेशनमा जाँदाखेरी २०३५५ साल जेठ २२ गते मलाई थाहा छ म डेट पनि भन्न सक्छु क्या । चितवनमा निर्मल लामा भन्ने नेता र ऋषि आजाद दुई जना गएको बेला त्यो पार्टीको प्रशिक्षण रहेछ । राति केटाहरुलाई ल्याउन पाए राम्रै हुन्थ्यो भनेर हामीलाई बोलाएका थिए । त्यो दिन गएर प्रशिक्षण लिएपछि चौथो महाधिवेशन जिन्दावाद भन्ने नारा लगाउँदै हिँड्न थालियो । मोहन विक्रमलाई नेता मानियो । त्यसरी अध्यक्षसँगै हिँडेको । सँगसँगै हिडेकै छ । एक दिन छोडिएको पनि छैन।  अब प्रचण्डको दयाले मात्रै म भएको भनेर त मलाई जवाफ दिन पनि वाक्क लाग्न थालिसक्यो । यो कति दिनसम्म दिने, कहिलेसम्म दिने ? एउटा मानिलिनुस २०३६ सालमा सानो ठिमीमा पढीसकेर हिँडेको भोलीपल्ट मलाई धनकुटाको क्याम्पसमा पढाउन अमेरिकाको लागि स्कोलसिप पाईन्छ भनेको कुरा छाडेर हिँडेको मान्छे प्रचण्डले कुनै जिल्लाको इन्चार्ज बनाउनका लागि भाई भएर बनायो, यो त त्यसको खुबी नै होइन भनेर प्रश्न उठाउँदा मैले जवाफ दिने के भन्ने हुन्छ के मेरो । वाक्कदिक्क त्यही भएर हो ।  त्यो भएर अब त्यो दिन त मलाई यही प्रश्न सोध्ने हुन भनेर तर्किन खोजको पनि हुँ । मैले अहिलेसम्म जे जति गरेको छु, आफ्नै बलबुँत्ताले गरेको छु । अब पार्टीको नेता उहाँ हो । उहाँले स्वीकृत नगरी म मात्रै होइन, कसैले पनि कुनै जिम्मेवारी पाउँदैन । कुरा त त्यही हो फेरि । मलाई मात्रै हो र ? प्रदेशको सहइन्चार्जको निम्ति नाम लेख्दा आपत्ति । त्यो भन्नेलाई के जवाफ दिने भनेको ? मैले राम्रो कति गर्छु त्यो खुवीको कुरा भयो । तर नराम्रो चाहीँ गर्दिन भनेर प्रतिवद्धता व्यक्त गर्दछु ।’ उनले भने  

 

अध्यक्ष दाहालले राष्ट्रिय सभाको गरिमालाई माथि उठाउने काममा सहयोग गर्न पनि सञ्चारकर्मीहरुलाई आग्रह गर्नुभयो । त्यस अवसरमा उहाँले आफ्नो एक महिने कार्यकाल भने सुखद् रहेको दाबी समेत गरे ।  

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  १७:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update