Public Pana
प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा

काठमाडाै- नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।


बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

मन्त्रिपरिषद्ले अर्याल र गुरुङलाई बढुवा गर्ने गरी केही दिनअघि विशेष पद सिर्जना गरेको थियो।

अर्याल नेपाल प्रहरीका साइबर विज्ञ पनि हुन्।

dig1

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update