Public Pana
सुप्रिम सहकारी ठगी : गृहमन्त्री लामिछाने स‌लग्न गाेर्खा मीडियामा रकम ल्याएर ठगी गरियाे  ,  गृहमन्त्रीकाे नाममा समेत दुइ पटक ऋण ,  २८ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडाै- बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा भएको घोटाला प्रकरणको   जिल्ला अदालत रुपन्देहीमा ठगी मुद्दा दर्ता भएको छ।

ओखलढुङ्गा घर भएका तर हाल फरार रहेका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाएर  सरकारी वकिल कार्यालयले सोमबार जिल्ला अदालतमा मुद्दा दर्ता  दायर गरेकाे हाे । 
सो प्रकरणमा पक्राउ परेका ६ जनाविरुद्ध आजदेखि  थुकछेक  बहस सुरु हुने जिल्ला अदालत रुपन्देहीका सूचना अधिकारी अन्तराम मरासिनीले   जनाए । उक्त सहकारी प्रकरणमा  हालसम्म  काठमाडौँ, पोखरा, रुपन्देहीका गरी  ६ जना पक्राउ गरेका छन् । अन्य प्रतिवादीहरूलाई फरार सूचीमा  राख्ने प्रक्रियामा जानेछ । 

प्रहरीले शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो । उक्त अनुसन्धान प्रतिवेदन दुइ दिन अध्ययनपछि साेमबार मुद्दा दायर गरिएकाे हाे । अभियाेगपत्रमा १ अर्ब २ करोड  सर्वसाधरणकाे बचत हिनामिना भएकाले साेही अनुसार विगाे दाबी गरिएकाे छ । 
सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दीपेश पुन, दुर्गा चापागाईँ पाण्डे, दीपक न्यौपाने, निता थापामगर  र कुमार रम्तेल पक्राउ परेका छन् । सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका थिए ।  
उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । अभियाेगपत्रमा उक्त सहकारीवाट गृहमन्त्री लामिछानेले समेत ऋण  लिएको पाइएको छ ।

ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रूपमा रहेका लामिछानेको नाममा दुई पटक गरेर करिब चार करोड रुपैयाँ प्रवाह भएको  अभियाेगपत्रमा उल्लेख छ  । जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा गृहमन्त्रीलाई प्रतिवादी  भने बनाएको छैन ।

ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण बापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिन्छ ।  

अनुसन्धानकाे निष्कर्ष :   ठगीकै लागि गाेरखा मीडियामा रकम लगियाे 

बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीका संरक्षक तथा पूर्व अध्यक्ष गितेन्द्रबावु (जीबी) राई समूहले सहकारीको १४ करोड भन्दा धेरै रकम गोरखा मिडिया नेटवर्कमा लगानी गरेको भेटिएको छ ।

भूपेन्द्र बाबु राईको नाममा कर्जा बनाएर ३ करोड ३० लाख सो मिडियाको नामको पेस्की सेटल गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । भूपेन्द्रभन्दा बाहेक थप १० लाख ९९ लाख ३६ हजार सहित कुल १४ करोड २९ लाख रकम सो मिडियामा लगानी गरेको देखिएको सोमबार रुपन्देही जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा उल्लेख गरिएको छ ।

सरकारी वकिल कार्यालयले जीबी राई र दिपेश पुनसहित २८ जनालाई प्रतिवादी कायम गरेको छ 

प्रकाशित मिति: मंगलबार, वैशाख ४, २०८१  ०६:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update