Public Pana
नेप्से सूचक झण्डै १७ अंकले घट्यो

सेयरबजारमा लगातार गिरावट देखिएको छ।   नेपाल स्टक एक्सचेन्जका अनुसार बजार परिसूचक नेप्से १६.८२ अंकले घटेको हो।  

०.८३ प्रतिशतले घटेपछि बजारमा धेरै लगानीकर्ताले गुमाएका छन्। सोमबार १८४ कम्पनीको सेयर घट्दा गुराँस लघुवित्त, डोल्टी पावरलगायतका सेयरधनीले गुमाए। आज ५२ वटा कम्पनीको सेयर भने बढेको छ। त्यस्तै ८ वटाको भने पुरानै मूल्यमा कारोबार भएको छ।  

आज १७ करोडसम्मको अधिकतम कारोबार भएको छ। योसँगै कुल ७२ लाख २३ हजार ७ सय ७३ कित्ता सेयर बिक्री हुँदा २ अर्ब ७९ करोड ७५ लाख ७७ हजार ४ सय ३२ रुपैयाँको कारोबार भएको छ। 

सोमबार १३ वटै उपसूचक ऋणात्मक हुँदै बजार नै राताम्मे भएको छ । सबैभन्दा बढी फाइनान्स समूहको उपसूचक १.६४ प्रतिशतले घटेको छ भने म्यानु एण्ड प्रो समूहको उपसूचक १.५९ प्रतिशतले, र होटल तथा पर्यटन समूह १.१५ प्रतिशतले घटेको छ ।  

२४५ कम्पनीको सेयर दोस्रो बजारमा कारोबार भएकोमा सोमबार १८४ कम्पनीको सेयर मूल्य घटेको छ भने ५२ कम्पनीको मात्रै बढेको छ । बाँकी ८ वटा कम्पनीको मूल्य भने स्थिर रहेको नेप्सेले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update