Public Pana
एसीसी प्रिमियर कप : एक  खेल अगावै सेमिफाइनलमा पुग्याे नेपाल

काठमाडाै- एसीसी प्रिमियर कप टी–२० क्रिकेटमा लगातार तेस्रो जित निकाल्दै साविक विजेता नेपाल सेमिफाइनलमा पुगेको छ।  सोमबार भएको खेलमा हङकङमाथि ८ विकेटको फराकिलो जित निकाल्दै नेपाल एक खेल अगावै सेमिफाइनलमा पुगेको हो।  

समूह चरणको अन्तिम खेलमा नेपालले बुधबार साउदी अरेबियासँग खेल्नेछ। १० टोली सहभागी प्रिमियर कपका समुहमा शीर्ष २ मा रहने टोलीले अन्तिम चारमा स्थान पक्का गर्नेछन्।  जितसँगै समुह ए मा रहेको नेपालले ३ खेलबाट ६ अंक बनाउँदै तालिकाको शीर्ष स्थानमा छ। साउदी अरेबिया, मलेसिया र हङकङको समान २ अंक छ। नेपालसँग पराजित भएसँगै हङकङको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ। 

हङकङले दिएको १ सय १५ रनको सामान्य लक्ष्य नेपालले १२.२ ओभरमा २ विकेटको क्षतिमा भेट्टायाे । नेपालका लागि कप्तान रोहित पौडेल २५ र सन्दीप जोरा १९ रनमा नटआउट रहे।  पहिलो विकेटका लागि ओपनर कुशल भुर्तेल र आशिफ शेखले ७० रनको साझेदारी गर्दै नेपाललाई जित नजिक पुर्याएका थिए। 

कुशल र आशिफले ३३ बलमा ७० रनको साझेदारी गरेका गरे। छैटौँ ओभरको तेस्रो बलमा कुशल ३२ रन बनाउँदा एलबीडब्लु धरापमा परे। उनले १९ बलमा ३ चौका र २ छक्का प्रहार गरे।  अर्का ओपनर आशिफ शेख ४० रन बनाउँदा पेभेलियन फर्के। १८ बलमा ३ चौका र ३ छक्का हानेका आशिफ इसान खानको बलमा आउट भए। 

त्यसअघि ओमानको अल अमरेट क्रिकेट मैदान ए मा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको हङकङ १ बल अगावै १ सय १४ रन बनाउँदा अलआउट भयो। वर्षाका कारण मैदान चिसो हुँदा १ घण्टा ढिला सुरु भएको खेलमा २ ओभर छोट्टाइएको थियो। 

May be an image of 6 people, people playing soccer, crowd and text
हङकङका लागि ओपनर अंशी रतले बनाएको ३४ रन नै सर्वाधिक रह्यो। २६ बलमा ४ चौका र १ छक्का हानेका अंशु गुल्सन झा को बलमा रन आउट हुन पुगे। 

जिसन अली १४ रन बनाउँदा अविनास बोहोराको बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट क्याच आउट भए।  कप्तान निजाकत खान पनि १२ रन बनाउँदा रन आउट नै भएका थिए। अर्का ओपनर मार्टिन कोट्जे ८ रन बनाउँदा क्याच आउट भए। इसान खान ११ रनमा बोल्ड आउट भए। आयुष शुक्ला ६ रनमा नटआउट रहे। 

नेपालविरुद्ध हङकङका चार ब्याटरले मात्र दोहोरो अंकको स्कोर छुन सके। नेपालका लागि अविनास बोहेराले ३ विकेट लिए। उनले आफ्नो स्पेलमा मात्र २९ रन दिए। ललित राजवंशीले २ विकेट झारे। ललितले ४ ओभरमा १ मेडन राख्दै १४ रन खर्चे। दिपेन्द्र सिंह ऐरिले २ विकेट लिए। ऐरिले ५ बलमा २ विकेट लिदा ६ रन दिए। करण केसीको नाममा एक विकेट रह्यो।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update