Public Pana
टी-२० मा  एक हजार रन पुरा गर्ने खेलाडी बने आसिफ सेख  

काठमाडाै- नेपाली  ओपनिङ् ब्याटर आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका छन् ।  ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको सोमबार भएको हङकङ विरुद्धकाे खेलमा एक हजार रनको कोशे ढुंगा पार गरेका हुन् । 

यसअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा उनी ३७ रन बनाउँदै क्रिजमा छन् । सोमबारको खेलअघि उनलाई हजार रन पुरा गर्न केवल ३२ रन आवश्यक थियो ।   उनी ४० रन बनाएर आउट भए । 
२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । नेपालले ९ ओभरमा २ विकेट गुमाएर ९१ रन बनाएकाे छ ।  

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update