Public Pana
नेपालबाट अपहरणमा परेका धुनुषाका दुई युवकको भारतमा बिभत्स हत्या

नेपालबाट अपहरणमा परेका धनुषाका एकै परिवारका दुई युवकको भारतमा बिभत्स हत्या भएको छ । फिरौती रकम माग गरेपनि प्रहरीलाई खवर गरेको आशंकामा अपहरणकारीले दुई जनाको हत्या गरेको हुन सक्ने आशंका छ । भारतको सीतामढीको बेला थानास्थित पर्सामा दुई नेपाली युवकको हत्या गरिएको अवस्थामा शव फेला परेपछि घटना सार्वजनिक भएको हो । 

उनीहरु जनकपुरधामका रहेका खुलेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । प्रहरीका अनुसार  जनकपुरधाम उपमहानगरपालिकाका २१ वर्षीय रोहित साह र २२ वर्षीय विष्णु साहको शव भेटिएको हो । उनीहरु एकै परिवारका रहेका खुलेको छ । 

खाल्डोमा गाडिएको अवस्थामा फेला परेको शवलाई परिवारका सदस्यले पहिचान गरेसँगै मृतक नेपाली रहेका र एकै परिवारका रहेका खुलेको हो । दुई साता अघिदेखि सम्पर्कविहीन भएका उनीहरुको शव आइतबार बिहान फेला परेको प्रहरीले जनाएको छ ।

दुई साताअघि नै सीतामडीस्थित आफन्तको घरमा जाँदा सम्पर्कविहीन भएका उनीहरु अपहरणमा परेको भन्दै आफन्तले प्रहरीलाई खबर गरिए पनि उद्धार हुन सकेन । 
 

प्रकाशित मिति: आइतबार, माघ ८, २०७९  १५:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update