Public Pana
वैवाहिक बलत्कार  :  न्यायाधीश गिरीले गरे जिल्ला अदालतमा आत्मसमर्पण, थुनामा पठाइयो

काठमाडाै- वैवाहिक बलात्कारको आरोपमा  थुनामा राख्ने आदेश भएका पूर्वन्यायाधीश भुवन गिरीले जिल्ला अदालत काठमाडौंमा आत्मसमर्पण गरेका छन्।  केही दिनअघि सर्वोच्च अदालतले जिल्ला र उच्च अदालतको आदेशलाई बदर गर्दै पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।

उनी आफैँ सम्पर्कमा आएको र उनलाई थुनामा पठाइएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी चन्द्रप्रसाद पन्थीले जानकारी दिए। 

सर्वोच्च अदालतका न्यायाधीशहरू हरि फुँयाल र तीलप्रसाद श्रेष्ठको इजलासले गत चैत २१ गते काठमाडौं जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गरी गिरीलाई थुनामा पठाउन आदेश  गरेको थियो। 

काठमाडौं जिल्ला अदालत र पाटन उच्च अदालतले गिरीलाई धरौटीमा छाड्न आदेश दिएका थिए। तर गिरी पक्राउ नपरेपछि उनकी पत्नी आरती सर्वोच्च पुगेकी थिइन्। 

गिरीले आफूलाई घरेलु हिंसा, यौनशोषण र  वैवाहिक बलात्कार गरेको भन्दै उनकी पत्नी आरतीले २०७९ मा जाहेरी दिएकी थिइन्। उनको विरुद्ध वैवाहिक बलत्कारको मुद्दा जिल्ला अदालतमा दर्ता भएको थियो। 

 

 

उक्त मुद्दामा जिल्ला र उच्चले धरौटीमा रिहा गरेको थियो। तर सर्वोच्चले भने थुनामै पठाएपछि अदालतको आदेश सम्मान गर्ने भन्दै उनी अदालत पुगेका थिए।

उनी लोकसेवा आयोगबाट लिइएको परीक्षामा सफल हुँदै जिल्ला न्यायाधीश भएका थिए। न्यायाधीश भएर एक वर्षजति काम गरेपछि कान्छी श्रीमतीले वैवाहिक बलत्कारको आरोप लगाएकी थिइन्।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १५:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update