Public Pana
एसीसी प्रिमियर कप: टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल

काठमाडाै-  एसीसी प्रिमियर कप अन्तर्गत हङकङ विरुद्धको खेलमा नेपालले पहिले फिल्डिङ गर्ने भएको छ। नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय लिएका हुन्।

वर्षाले प्रभावित भएपछि नेपाल र हङकङबीचको खेलमा ओभर घटाइएको छ। खेल १८/१८ ओभरको हुनेछ। 

खेल मध्याह्न ११:४५ मा ओमानस्थित अल अमरेत क्रिकेट ग्राउण्ड-१ मा सुरु हुने तालिका थियो। तर वर्षाको कारण ढिलो भएको हो।  

 

 

नेपालले एसीसी प्रिमियर कपको पहिलो खेलमा मलेसियालाई ५ विकेट र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो।

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  १३:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update