Public Pana
सुप्रिम सहकारी ठगी : जिबी राईलाई फरारी  र दिपेश पूनसहितलाई १ अर्ब बिगाे दावी पेश गर्दै   मुद्दा दायर गर्ने तयारी 

बुटवल - बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारीमा  भएकाे ठगीमा मुद्दा दायर हुने भएकाे  छ।  
 घोटालाबारे अनुसन्धान सकेर प्रहरीले अनुस न्धान प्रतिवेदन  जिल्ला सरकारी वकिलकाे कारयलयमा  बुझाएको छ । शुक्रबार जिल्ला सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको र आइतबारसम्म अध्ययन गरेर साेमबार मुद्दा दायर गर्ने सरकारी वकिलकाे तयारी छ । 

ओखलढुंगा घर भएका गितेन्द्रबाबु (जीबी) राईसहित २८ जनालाई प्रतिवादी बनाउन राय अनुसन्धान प्रतिवेदनमा गरिएकाे छ ।  
 १ अर्ब २ करोड  सर्वसाधारणकाे रकम घाेटला भएकाले साेही बराबरकाे बिगाे दावी लिनुपर्ने  अनुसन्धान प्रतिवेदन राय छ । 

सुप्रिमको रकम हिनामिना प्रकरणमा अध्यक्ष ओमप्रसाद गुरुङ, पूर्व उपराष्ट्रपतिका छोरा एवं पूर्व कोषाध्यक्ष दिपेश पुन, दुर्गा चापागाई पाण्डे, दिपक न्यौपाने र निता थापा मगर पक्राउ परेका छन् । ५ जना बाहेक अरूलाई फरार प्रतिवादी कायम गरिएको छ । पुन चैत २ मा काठमाडौँबाट पक्राउ परेका हुन् ।

सुप्रिम सहकारीमा राखेको निक्षेप हिनामिना गरेर ठगी गरेको आरोप लगाएर १ हजार ८३१ जनाले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन् । उनीहरूको ८६ करोड १८ लाख २३ हजार रकम हिनामिना भएको देखिएको छ । तर, सहकारीको कुल १ अर्ब २ करोड रकम हिनामिना भएको प्रहरीको अनुसन्धान निष्कर्ष छ । 

प्रकाशित मिति: सोमबार, वैशाख ३, २०८१  ०६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update