Public Pana
सुदूरपश्चिम प्रदेशमा नाउपाका लक्ष्मणकिशोर चौधरीद्वारा मुख्यमन्त्रीमा दाबी पेस

काठमाडाै-  सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि नागरिक उन्मुक्ति पार्टीका लक्ष्मणकिशोर चौधरीले दाबी पेस गरेका छन्। उनले आइतबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष दाबी पेस गरेका हुन्।

चौधरीले नागरिक उन्मुक्ति पार्टी (७ सांसद), नेपाली कांग्रेस (१८ जना) र एकीकृत समाजवादी (४) जनाको समर्थनसहित दाबी पेस गरेका हुन्।

आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व नागरिक उन्मुक्ति पार्टीलाई दिने सहमति गरेको थियो। नाउपाका अध्यक्ष रञ्जिता श्रेष्ठले गठबन्धनबाट कैलाश चौधरीलाई मुख्यमन्त्री बनाउन चाहेकी थिइन्। तर उनको पार्टीभित्र भने विवाद देखिएको थियो। 

नाउपाभित्रकै विवादका बीच लक्ष्मणकिशोर चौधरीले कांग्रेस र एकीकृत समाजवादीको समर्थनसहित दाबी पेश गरेका हुन्।

दाबी पत्रमा नाउपाका ७ सांसद उल्लेख छ। तर सो पार्टीकी इन्दिरा गिरी पदमुक्त भइसकेकी छिन्। त्यस्तै संसदीय दलका नेता घनश्याम चौधरीलाई केन्द्रीय अध्यक्ष रञ्जिता श्रेष्ठले तीन महिनाका लागि निलम्बन गरेकी छिन्। 

 

 

 

435627901_432660229308953_4269946880249801598_n-(1)-1713087716.png

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  १५:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update