Public Pana
इरानले गर्‍यो इजरायलमाथि ड्रोन र मिसाइल आक्रमण

इरानले इजरायलमाथि ड्रोन तथा मिसाइल आक्रमण गरेको छ । सिरियास्थित वाणिज्य दूतावासमा इजरायली आक्रमणको प्रतिकारस्वरुप यो आक्रमण गरिएको इजरायलले जनाएको छ ।

इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले खास लक्ष्यलाई निशाना बनाउने उद्धेश्यले आक्रमण गरिएको जनाएको छ । इजरायली सेनाका अनुसार १ सयभन्दा बढी ड्रोनबाट इरानले आक्रमण गरेको हो । त्यसमध्ये केही ड्रोन अमेरिकाले खसालेको छ। 
इजरायली डिफेन्स फोर्स (आइडीएफ) ले आवश्यकता भएका स्थानमा खतरालाई रोकिएको र खतराको सामना गर्न तयार भएको जनाएको छ । आक्रमणपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले युद्ध मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।  

आक्रमणपछि इजरायलमा चेतावनीस्वरुप साइरन बजाइएको छ भने जेरुसलेममा बिस्फोटका आवाज सुनिएका छन् । १८ सय किलोमिटर टाढा रहेको इरानबाट इजरायलसम्म कुनै ड्रोन पुगे नपुगेको भने स्पष्ट भएको छैन । अमेरिकाले पनि ड्रोन कहाँ खसालिएको छ भन्ने जानकारी दिएको छैन ।  

 

 

इजरायल, लेबनान र इराकले आफ्नो एयरस्पेस बन्द गरेका छन् भने सिरिया र जोर्डनले आफ्नो एयर डिफेन्स सिस्टमलाई अलर्ट राखेका छन् । 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update