Public Pana
आज विदेशी मुद्राहरुको मूल्य बढ्यो कि घट्यो?

काठमाडाै- नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  

आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य यथावत छ। अर्थात् शनिबार कायम मूल्य ने आज पनि कायम रहेको राष्ट्र बैंकले जनाएको छ। 

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १३ पैसा र बिक्रीदर १३३ रुपैयाँ ३३ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४१ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ५६ पैसा निर्धारण भएको छ। हिजो पनि युरोको कारोबार दर यही थियो।  

आज बेलायती पाउन्ड १ को खरिददर १६६ रुपैयाँ १२ पैसा र बिक्रीदर १६६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८६ रुपैयाँ ८७ पैसा निर्धारण भएको छ।  

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ १९ पैसा र बिक्रीदर ४३४ रुपैयाँ १३ पैसा निर्धारण भएको छ। त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ २१ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ८० पैसा निर्धारण भएको छ। 

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update