Public Pana
भारतलाई हराउँदै पाकिस्तानले लियाे समूह चरणकाे बदला

युएईमा जारी एसिसी एसिया कप सुपर फोरअन्तर्गतको खेलमा भारतलाई पाँच विकेटले हराउँदै पाकिस्तानले समूह चरणको हारको बदला लिएको छ ।

संयुक्त अरब इमिरेट्स (युएई) स्थित दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आईतवार सम्पन्न खेलमा टस जितेर पहिला फिल्डिङ राेजेकाे पाकिस्तान लाई भारतले एक सय ८२ रनको लक्ष्य दिएकाे थियाे । उक्त लक्ष पाकिस्तानले १९.५ ओभरमा पाँच विकेट गुमाएर पूरा गर्यो ।

पाकिस्तानको जितमा ओपनर मोहम्मद रिजवानले सर्वाधिक ७१ रनकाे यागदान गरे। उनले ५१ बलमा पाँच चौका र दुई छक्का प्रहार गरे । मोहम्मद नवाजले २० बलमा ६ चौका र दुई छक्कासहि ४२रनकाे उत्कृष्ट इनिङ खेले।

यस्तै, आसिफ अलिले १६ रन बनाउदा कप्तान बाबर आजम र खुस्दिल साहले समान १४ रन बनाए ।

भारतका भुवनेश्वर कुमार, अर्शदीप सिंह, रवि विश्नोइ, हार्दिक पन्ड्या र युजवेन्द्र चहलले समान एक एक विकेट लिए ।

यसअघि, भारतल निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ८१ रनको योगफल तयार गरेको थियो ।
भारतका लागि विराट कोहलीले ४४ बलमा ४ चौका र एक छक्कासहित ६० रनको बनाए । यस्तै, ओपनर केएल राहुल र कप्तान रोहित शर्माले समान २८ रन बनाएर पभेलियन फर्किँदा अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

पाकिस्तानका लागि शादब खानले दुई तथा नशीम शाह, मोहम्मद हस्नेन, ह्यारिस रौफ र मोहम्मद नवाजले समान एक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, भदौ २०, २०७९  ०६:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update