Public Pana
काग्रेसकाे आराेप गृहमन्त्रीमाथि छानविनवाट भाग्न  सरकारले सदन नै अन्त्य गर्याे

काठमाडौं- प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले आफूहरुले संसदमा उठाउँदै आएका माग छल्न सरकारले संघीय संसदको हिउँदे अधिवेश नै अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको टिप्पणी गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।

कांग्रेसकी सचेतक शुशिला थिङले सरकारले यस्तो यस्तो निर्णय लिनु अगाडि प्रमुख प्रतिपक्षी दलसँग पर्याप्त छलफल र परामर्श नगरेको बताइन् । 

 

 

उनले भनिन्, ‘चालू अधिवेशन अन्त्य गर्ने समय हुँदै थियो । वैशाख पहिलो सातासम्म चलाउन सकिन्थ्यो । तर, सरकारले संसदीय छानबिनको माग छल्न संसद अधिवेशन अन्त्यको सिफारिस गरेको हाम्रो बुझाइ छ ।’

कांग्रेसले सहकारीको रकम हिनामिनामा उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताउँदै आएको छ । 

 

 

यही चैत ६ गते बसेको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लामिछाने सहकारीको रकम अपचलनमा संलग्न नरहेको प्रहरी बृफिङ रहेको बताएका थिए ।

प्रधानमन्त्रीको जवाफप्रति चित्त नबुझाएको कांग्रेसले त्यसयता संसदीय छानबिन समिति गठनको माग राख्दै आएको छ । आफूहरुको माग सम्बोधन नभइ संसद अधिवेशन अन्त्य गरेर सरकारले समस्यालाई पन्छाउन खोजेको कांग्रेसले बताएको छ ।

अर्को अधिवेशनमा समेत यो विषय उठ्न सक्ने कांग्रेस सचेतक थिङको भनाइ छ । उनले भनिन्, ‘‘केही समयभित्रै सरकारले बजेट अधिवेशन बोलाउनैपर्छ बोलाउला । त्यो बेलासम्मको परिस्थिति के हुन्छ त्यस आधारमा कांग्रेसले आफ्नो व्यवहार प्रस्तुत गर्छ ।’

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update