Public Pana
रिक्त दुई आयोगमा पदाधिकारी नियुक्तिका लागि पूर्व प्रधानन्यायाधीशको नेतृत्वमा समिति गठन

काठमाडाै- सरकारले संक्रमणकालीन न्यायसम्बन्धी प्रक्रिया अघि बढाउने निर्णय गरेको छ। त्यसका लागि सरकारले रिक्त दुई आयोगका पदाधिकारी नियुक्तिका लागि समिति बनाउने निर्णय गरेको छ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी नियुक्तिको प्रक्रिया अघि बढाउने निर्णय मन्त्रिपरिषद्ले गरेको हो। 

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै आयोगको अध्यक्ष तथा सदस्यको नियुक्ति सिफारिस गर्न सिफारिस समति बनाउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन्। 

 

 

सर्वोच्च अदालतका पूर्व प्रधानन्यायधीश ओमप्रकाश मिश्रको अध्यक्षतामा समिति गठन गर्ने निर्णय गरेको हो। उनको नेतृत्वमा बनेको समितिमा मानव अधिकार आयोगका अध्यक्ष वा उनले तोकेको आयोयका सदस्य सदस्य रहनेछन्। सर्वोच्चका पूर्वन्यायधिश जनदशीश शर्मा पौडेल, पूर्वसचिव अजुर्ननकुमार कार्की र इस्टेला तामाङ सदस्य तोकिएका छन्।

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  १८:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update