Public Pana
एसीसी प्रिमियर कप शुरु :   भारत र पाकिस्तानसँग पून खेल्ने ढाेका  अवसरकाे कायम राख्ने सपनासहित मैदान उत्रदै  नेपाल 

काठमाडाै- आज देखि एसीसी प्रिमियर कपको शुरुवात हुदै छ । ओमानमा हुने यस प्रतियोगिताको विजेताले २०२५ मा हुने टी-२० एशिया कपमा खेल्न पाउने छ भने शीर्ष तीन देशले एसिसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछन् ।

एसीसी प्रिमियर कपमा ८ उच्च वरियतामा रेहका एसोसियट्स देश र एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका दुई देश खेल्दै छन् । जसमा उच्च वरियताका ८ देशमा नेपाल, युएई, ओमान, हङकङ, मलेसिया, कुवेत, बहराइन, कतार रहेका छन् भने एसीसी च्यालेन्जर्स कपको फाइनलमा पुगेका साउदी अरेबिया र कम्बोडिया रहेका छन् ।

प्रिमियर कपमा नेपाल समुह ए मा रहेको छ । समुह एमा नेपालसहित हङकङ, मलेसिया, कतार र साउदी अरेबिया रहेका छन् । त्यस्तै समुह बी मा बहराइन, युएई, कम्बोडिया, कुवेत र ओमान रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेल आज अप्रिल १२ मा मलेसियासँग खेल्दै छ भने दोस्रो खेल अप्रिल १३ (शनिबार) कतारसँग खेल्ने छ । त्यस्तै तेस्रो खेल अप्रिल १५ (सोमबार) हङकङसँग खेल्ने छ भने चौथो तथा अन्तिम खेल अप्रिल १७ (बुधबार) साउदी अरेबियासँग खेल्ने छ । नेपालले खेल्ने सबै खेल नेपाली समय अनुसार अपराहन्न ४: १५ बजेदखि शुरु हुने छन् ।     

समुह चरणका खेलपछि दुवै समुहका शिर्ष दुई देश सेमिफाइनलमा पुग्ने छन् । त्यसपछि फाइनल खेल अप्रिल २१ मा हुने छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले एसीसी प्रिमियर कप खेल्न १४ सदस्यीय टिम छानेको छ । जसमा रोहित पौडेल (कप्तान), आसिफ सेख, अनिल शाह, दिपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, अविनाश बोहोरा, प्रतिस जिसी, गुलशन झा, सन्दीप जोरा, सोमपाल कामी, करण केसी,  कुशल मल्ल, ललित राजबंशी र बिबेक यादव रेहका छन् ।


भारत र पाकिस्तानसँग फेरी खेल्ने  अवसर कायमै राख्ने अवसर  


१० देश सहभागी प्रतियोगितामा नेपालको लक्ष्य उपाधि रक्षा गर्दै क्रिकेटका वादशाहरु  भारत र पाकिस्तानसँग फेरि प्रतिस्पर्धा गर्नु हुनेछ ।
किनकि दुई महिनापछि हुने टी–२० विश्वकपमा नेपाल रहेको समूहमा भारत र पाकिस्तान छैनन  । सुपर एटमा पुग्यो भने मात्र भारत वा पाकिस्तानसँग खेल्ने अवसर जुर्नेछ । सुपर एटमा पुग्न दक्षिण अफ्रिका, श्रीलंका, बंगलादेश र नेदरल्याण्डस् रहेको समूह डीको शीर्ष दुईमा पर्नुपर्छ, जुन नेपालका लागि पक्कै सहज  छैन ।

एसीसी प्रिमियर कपमा उपाधि रक्षा गरेमा अर्को वर्ष एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने अवसर हुने छ । याे नै नेपालका लागि ठुलाे अवसर हाे  ।   

छनोट प्रतियोगिताबाट गएको हङकङ एसिया कपमा चार पटक (२००४, २००८, २०१८ र २०२२) नै भारत र पाकिस्तान रहेको समूहमा परेको थियो ।

गतवर्ष पनि एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपालले एसिया कपमा भारत र पाकिस्तानसँग खेलेको थियो । नेपाली खेलाडीहरुका लागि पाकिस्तानका बाबर आजम, मोहम्मद रिजवान, शाहिन शाह अफ्रिदी, अनि भारतका विराट कोहली, रोहित शर्मा जस्ता खेलाडीविरुद्ध खेल्नु आफैंमा ऐतिहासिक अवसर थियो ।

 शुक्रबारदेखि ओमानमा सुरु हुने एसीसी प्रिमियर कपको च्याम्पियनले २०२५ मा एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने सम्भावना छ । 
 

प्रकाशित मिति: शुक्रबार, चैत ३०, २०८०  ०७:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update