Public Pana
एसीसी प्रिमियर कपमा नेपालको पहिलो भिडन्त मलेसियासँग

काठमाडाैै- यही चैत ३० गतेदेखि ओमानमा हुने एसीसी प्रिमियर कप टी-२० प्रतियोगितामा नेपालले पहिलो खेल मलेसियासँग खेल्ने भएको छ। 

एसियन क्रिकेट काउन्सिलका अनुसार प्रिमियर कपको समूह ‘ए’ मा रहेको नेपालले दोस्रो खेल वैशाख १ गते कतार, ३ गते हङकङ र ५ गते साउदी अरेबियासँग खेल्नेछ।  

यस्तै समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (युएई) रहेका छन्। समूहका शीर्ष दुई टोली सेमिफाइनलमा जानेछन्। यस्तै फाइनल प्रतिस्पर्धा वैशाख ९ गते हुनेछ। 

 

प्रतियोगिताको विजेता टोली सन् २०२५ को टी-२० एसिया कप खेल्न जानेछ। नेपाल एसीसी प्रिमियर कपको साविक विजेता हो। नेपाललाई यसपटक उपाधि रक्षाको चुनौती छ।

नेपाली टोलीले भारतको गुजरातमा एसएमएस फ्रेन्डसिप कप टी-२० क्रिकेट प्रतियोगिता खेलेको छ। 

प्रशिक्षण खेलका रुपमा नेपालले गुजरात र बरोडा क्रिकेट संघ सम्मिलित प्रतियोगिता खेलेको हो। जहाँ नेपाल च्याम्पियन हुँदै अब ओमानतिर जानेछ।

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update