Public Pana
डेढ लाख घुससहित पोखराका इन्जिनियर अख्तियारको फन्दामा

पोखरा - पोखरा महानगरपालिकाका एक इन्जिनियरलाई अख्तियारले घुससहित पक्राउ गरेको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरमा कार्यरत इन्जिनियर उषाकिरण रोकायालाई डेढ लाख रुपैयाँ घुससहित राति पक्राउ गरेको हो ।  पोखरा ५ पस्र्याङबाट उनी पक्राउ परेका हुन् । 

उनी पक्राउ परेको अख्तियार पोखराका प्रमुख आसमान तामाङले पुष्टि गरे । ‘घर निर्माण सम्पन्नको प्रमाणपत्र दिने क्रममा घुस लिइएको रहेछ,’ उनले  भने, ‘उहाँ हाम्रो नियन्त्रणमा हुनुहुन्छ । प्रक्रिया पूरा हुँदैछ ।’ सेवाग्राही पोखर वडा नम्बर १० का हुन् । उनलाई थप अनुसन्धानका लागि काठमाडाै पठाउने तयारी भइरहेकाे उनले बताए । आयाेगले अनुसन्धान गरि विशेष अदालत काठमाडाैमा भ्रष्टाचार मुद्दा दायर गर्ने छ । 

 

 

प्रकाशित मिति: बिहीबार, चैत २९, २०८०  ०७:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update