Public Pana
युरो, पाउन्ड र दिनारको मूल्य बढ्यो, अरु विदेशी मुद्राको के भयो?

नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राहरुको विनियमदर सार्वजनिक गरेको छ।  

आज अमेरिकी डलरको मूल्य यथावत रहँदा युरो, पाउन्ड, दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ।  

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। 

 

त्यसैगरी आजको लागि युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४५ रुपैयाँ २१ पैसा निर्धारण भएको छ। हिजो युरो १ को खरिदर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६६ पैसा थियो। 

आज बेलायती पाउन्ड १ को खरिददर १६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर १६९ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो पाउन्ड १ को खरिददर १६७ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ६८ पैसा थियो।  

त्यसैगरी आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ११ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५० पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०२ पैसा थियो। 

आजको लागि कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ६८ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ६३ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३२ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४३४ रुपैयाँ ४२पैसा थियो। 

आजको लागि बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५२ रुपैयाँ ८० पैसा र बिक्रीदर ३५४ रुपैयाँ ३९ पैसा थियो।

प्रकाशित मिति: बुधबार, चैत २८, २०८०  ०७:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update