Public Pana
कर्णाली प्रदेशको मुख्यमन्त्रीमा एमालेका यामलाल कँडेल नियुक्त

काठमाडाै- कर्णाली प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेल नियुक्त भएका छन्। उनले आजै मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए।

कँडेलले एमालेका ९, नेकपा माओवादी केन्द्रका १३ र नेकपा एकीकृत समाजवादीका १ गरी २३ सांसदको हस्ताक्षर सहित प्रदेश प्रमुख तिलक परियार समक्ष मंगलबार अपराह्न मुख्यमन्त्रीका लागि दाबी पेस गरेका थिए। 

मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने समय आजसम्म थियो। कर्णाली प्रदेशमा सरकार गठनका लागि २१ जना आवश्यक पर्छ। 

 

 

केन्द्रमा गठबन्धन फेरबदल भएसँगै प्रदेशमा पनि सत्ता समीकरण बदलिएको छ। पहिलेका मुख्यमन्त्री माओवादी केन्द्रका राजकुमार शर्माले राजीनामा दिएपछि एमालेका कँडेल लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका हुन्।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  १९:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update