Public Pana
थाइल्याण्डमा युवा तथा बालबालिकालाई भाषा-संस्कृति सिकाउन नेपाली कक्षाकाे शिविर

बैकक- थाइ नेपाली संघले नेपाली मुलका युवा तथा बालबालिकाका लागि नेपाली कक्षाको शिविर सञ्चालन गरेको छ । शिविर अहिले बैंककभन्दा दुई घण्टा टाढा राजवुरीमा रहेको क्याम्पमा सञ्चालन भईरहेको छ ।

नेपाली मुलका यूवा तथा बालबालिकाका लागि गर्मी विदामा गरिने शैक्षिक शिविर ६ अप्रिल २०२४ देखि ११ अप्रिलसम्म सञ्चालन  हुने जनाइएको छ । नेपाली बालबालिका तथा युवाका लागि भाषा,संस्कृतिको विकासमा थप सहयोगी हुने विश्वास गरिएको संघले जनाएको छ । शिविरमा १० वर्षदेखि माथिका ५ सयभन्दा बढी युवा तथा बालबालिका सहभागी भईरेहेका छन् । 

शिविरमा व्यक्तित्व विकास, खेलकुद, मनोरञ्जन, आसन, योगा,आत्म सुरक्षा, नेतृत्व विकास  प्रार्थना, विभिन्न विषयहरुमा छलफल तथा अन्तरक्रिया पनि भइरहेको र यसबाट आपसी सम्पर्क परिचय र सम्बन्ध बढ्ने आयोजकहरुले बताएका छन् । विभिन्न सामाजिक विषय, नेपाली समाजको उन्नति, शिक्षाको महत्व, थाइल्याण्डमा नेपालीको इतिहाससमबन्धी चर्चा पनि शिविरमा  हुने जनाइएको छ ।  

 

 

थाइल्याण्डका युवामा नेपालीपन बढाउन शिविरले मद्धत पुग्ने आशा आयोजक थाइ नेपाली संघले राखेको छ । शिविरको सुरुवातका क्रममा संघका अध्यक्ष लक्ष्मण केसीले शिविरले नेपाली भाषा र संस्कृति बचाईराख्न र नयाँ पुस्ताहरुलाई थप आकर्षण भएको बताए। विरले थाइल्याण्डमा रहेका नेपाली मुलका बालबालिकालाई भाषा,संस्कृतिको ज्ञान र आपसी परिचय तथा सम्पर्क विस्तार गर्ने संघका संरक्षक कुमार कार्कीले बताएका छन् । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ११:११
प्रतिक्रिया दिनुहोस्
Weather Update