Public Pana
विष्णुदेवी पुडासैनी राष्ट्रिय सभा उपाध्यक्षमा उम्मेदवार बन्ने
फाइल तस्बिर

नेपाली कांग्रेसले राष्ट्रिय सभा उपाध्यक्षमा विष्णुदेवी पुडासैनीलाई उम्मेदवार बनाउने भएको छ। 

कांग्रेस संसदीय दल कार्य समितिले राष्ट्रिय सभा सदस्य पुडासैनीलाई उपाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको हो। 

राष्ट्रिय सभामा रिक्त रहेको उपाध्यक्ष पदको निर्वाचन यही चैत २८ गते हुँदैछ।

राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष खाली छ। 

सत्तारुढ दलहरुले राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचनमा सहकार्य गर्ने तयारी गरेका छन्।

माओवादी केन्द्रले राष्ट्रियसभा अध्यक्ष पाएकाले उपाध्यक्षमा नेकपा एमाले र नेकपा एकीकृत समाजवादीले दाबी गर्दै आएका छन्। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update