Public Pana
कमेडी च्याम्पियनको सुटिङ आजवाट सुरू हुदैँ

कमेडी च्याम्पियनको सुटिङ आजवाट पुनः सुरू हुने भएको छ ।

दुइ हप्ता अघि साँगामा कमेडी च्याम्पियनको टोली दुर्घटनामा परे पछि स्थगित भएको सुटिङ आजवाट सुरू हुन लागेको हो । जसको जानकारी सो च्याम्पिनयका प्रमुख बिशाल भण्डारीले जानकारी दिएका छन् । 

‘के तपाईँ कमेडी च्याम्पियन स्टूडियोमा लाइव हेर्न चाहानुहुन्छ ? यदि हो भने हाम्रो शूट आज चैत २७ गते मङगलबार  हुदैछ,’ उनले लेखेका छन, ‘स्टूडियो मुलपानीस्थित  मुलपानी फुटसल नजिकैरहेको छ। यहाँहरू ११  बजेसम्म आइपुग्नुपर्ने हुन्छ। नोटः कार्यक्रम निशुल्क हेर्न पाइने छ ।’

केही समय अघि मापसे गरेर सवारी चलाउँदा भण्डारीसहितको टोली साँगा, नजिक भयानक दुर्घटनामा परेको थियो ।
 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update