Public Pana
डढेलोले धनकुटामा बालकको मृत्यु
फाइल तस्बिर

धनकुटामा डढेलोमा जलेर गम्भीर घाइते भएका एक बालकको मृत्यु भएको छ। 

धनकुटा नगरपालिका– ३ कागते निवासी राजु श्रेष्ठका छोरा ३ वर्षीय विवेकको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ। 

अस्ति आइतबार दिउँसो घर नजिकै जंगलमा लागेको डढेलोमा परेर श्रेष्ठका १० वर्षीय छोरा रोशन र ३ वर्षीय छोरा विवेक गम्भीर घाइते भएका थिए। 


विवेकलाई विराटनगरबाट थप उपचारको लागि काठमाडौँ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। 

आगोमा जलेर गम्भीर घाइते भएका दुबै बालकलाई धनकुटामा प्रारम्भिक उपचार गरी थप उपचारको लागि विराटनगरस्थित आर्या न्यूरो अस्पताल लगिएको थियो। विवेकको त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा मृत्यु भएको हो। 

घर नजिकै बारीमा सुकेको झारपात भेला पारेर लगाइएको आगो नियन्त्रण बाहिर जाँदा डढेलोको रुपमा फैलिएको थियो। 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update