Public Pana
'कोशीको नाम किरात लिम्बुवान’ राख्नुपर्छ जनमत

डा. सिके राउत नेतृत्वको जनमत पार्टीलाई मानिसहरुले मधेस केन्द्रित दलका रुपमा चिन्ने गर्छन् । तथापि यो पार्टी ०७९ को चुनावमा ३ प्रतिशत मत कटाएर राष्ट्रिय पार्टी बन्न सफल भएको छ ।

जनमतले पहाडमा पनि आफ्नो उपस्थिति देखाउन आगामी बैशाख १५ मा हुने  उपचुनावमा इलाम क्षेत्र नम्बर २ मा आफ्नो उम्मेदवार खडा गरेको छ । पार्टीले आफ्नो निर्वाचन चिह्न हाते माइक मार्फत इलामकै स्थानीय युवा प्रेम थाम्सुहाङलाई उम्मेदवार बनाएको हो ।

जनमत पार्टीले प्रदेश १ को नाम बहुपहिचानका आधारमा हुनुपर्ने माग लिएर उम्मेदवार उठाएको पार्टीका अध्यक्ष डा.सिके राउत बताउँछन् । जनमत पार्टीका अध्यक्ष डा राउतले प्रतिनिधिसभामा बोल्ने क्रममा प्रदेश १ को नाम पहिचानका आधारमा हुनुपर्ने र त्यहाँको आन्दोलनलाई सम्बोधन गर्नुपर्ने बताउँदै आएका छन् ।

थाम्सुहाङ प्रदेश १ लाई किरात लिम्बुवान प्रदेश नामकरण गर्नुपर्ने अभियानका संयोजकसमेत हुन् । जनमत पार्टीले मधेसमा पनि पहिचानको आधारमा नाम राख्नुपर्छ भन्ने आवाज उठाएको कारण आफू सो पार्टीको समर्थनमा उम्मेदवार बनेको थाम्सुहाङ बताउँछन् ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०९:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update