Public Pana
सभामुखसँगकाे छलफलमा सहमती नभएपछि काग्रेसकाे स‌सदिय दलकाे वैठक बस्दै 

काठमाडाै- नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  

नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनको ल्होत्से हलमा बिहान ८ बजे बस्ने बैठकमा संसद्को आगामी बैठकको तयारीका सम्बन्धमा छलफल हुने पार्टी कार्यालयले जनाएको छ । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने भन्दै कांग्रेसले प्रतिनिधिसभामा विरोध गर्दै आएको छ । आज पनि संसद् बैठक बस्ने कार्यसूची रहेकोले बैठकमा कसरी प्रस्तुत हुने भन्ने विषयमा बैठकमा छलफल हुने बताइएको छ ।  हिजाे सभामुख देवराज घिमिरेले सर्वदलिय छलफल बाेलाएका थिए । उक्त छलफलमा यही अडानका कारण सहमति हुन सकेन । 

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०६:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update