Public Pana
सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा समिति

बलम्बुस्थित सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको घटना छानबिन गर्न एआईजीको नेतृत्वमा छानबिन समिति गठन गरिएको छ ।

कार्य विभागका प्रमुख एआईजी बंशिराज दाहालको नेतृत्वमा छानबिन समिति गठन गरिएको सशस्त्रका सहप्रवक्ता (डीएसपी) शैलेन्द्र थापाले बताए ।  

विद्युत् चुहावट भएर आगलागी भएको प्रारम्भिक आकलन गरिएको छ । घटनास्थलमा पुगेर उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आगलागीबारे जाँच गर्न निर्देशन दिएका छन् ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update