Public Pana
विश्वकपको जर्सी सार्वजनिक

काठमाडाै- आइसीसी टि२० विश्वकपमा नेपालले प्रयोग गर्ने जर्सी आज सार्वजनिक हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले  साँझ ५ बजे एक कार्यक्रम गर्दै जर्सी सार्वजनिक गरेकाे हाे । 

नेपालले दोस्रो पटक टि२० विश्वकप खेल्दैछ । यसपटक केल्मीले विश्वकपको जर्सी निर्माण गरेकाे हाे ।   

जुनमा हुने विश्वकपको आयोजना अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ । २० राष्ट्र सम्मिलित विश्वकपको नेपाल समूह डी मा रहेको छ । नेपालसँगै समूहमा दक्षिण अफ्रीका, श्रीलंका, बंगलादेश र नेदरल्यान्ड्स रहेका छन् । नेपालले जुन ४ मा नेदरल्यान्ड्सविरुद्ध खेल्दै प्रतियोगिता सुरुवात गर्नेछ ।

May be an image of ‎text that says

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update