Public Pana
बलम्बुस्थित सशस्त्रको केन्द्रीय स्टोरमा आगलागी , अनुगमनका लागि  पुगे गृहमन्त्री लामिछाने

सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ। बलम्बुमा रहेको स्टोरमा आगलागी हुँदा बन्दोबस्तीका सामान जलेका छन्।

एपीएफ अस्पतालसँगै रहेको उक्त स्टोरमा सशस्त्रका लत्ताकपडा लगायत आवश्यक बन्दोबस्तीका सामान राखिएका हुन्छन्। 

अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। आगलागीको कारण र क्षति विवरण आइनसकेको एपीएफले बताएको छ।

 बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएपछि उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने घटनास्थलमा पुगेका छन् ।  घटनास्थलमा पुगेर लामिछानेले आगलागी र त्यहाँ राखिएका सामानबारे जानकारी लिएका छन् । 

आगो अझै नियन्त्रणमा आएको छैन । १० वटा दमकल र ट्यांकरको सहायताले आगो निभाउने प्रयास भइरहेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले बताए । 

एपिएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनमा विद्युत् चुहावट भएर आगलागी भएको आकलन गरिएको छ । क्षतिको यकिन विवरण आएको छैन । स्टोरमा लत्ताकपडा र बुट लगायतका सामान राखिएको सशस्त्र प्रहरी बलले जनाएको छ । 

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  २०:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update