Public Pana
उप निर्वाचन :  उम्मेदबारकाे अन्तिम नामावली प्रकाशन गर्दे आयाेग 

काठमाडाै- निर्वाचन आयाेगले उपनिर्वाचनका लागि साेमबार उजुरीमाथि जाँचबुझ गर्दै अन्तिम नामावली प्रकाशन गर्ने भएकाे  छ । उपनिर्वाचनमा उमेदवारी दिएका उमेदवारविरुद्ध परेका उजरीमाथि निर्वाचन आयोगले छानबिन गर्ने कार्यतालिका सगै उम्मेदबारकाे फाइनल सुचि प्रकाशन गर्ने कार्यसुचि रहेकाे आयाेगले जनाएकाे छ ।  । 

आयोगका अनुसार हिजो बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने समय थियो । हिजै अपराह्न ३ बजेपछि २६ गते (आज) बेलुका ५ बजेसम्ममा उजुरीमाथि जाँचबुझ गरिने कार्यतालिकामा उल्लेख छ ।  

आज बेलुका उमेदवारको नामावली प्रकाशन गर्ने, २७ गते (भोलि) बिहान ९ देखि दिउँसो १ बजेसम्म उमेदवारी फिर्ताको समय दिइएको छ । २७ गते दिउँसो ३ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन गर्ने र ५ बजेसम्म निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका छ ।

२०८१ वैशाख १५ गते बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुनेछ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०७:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update