Public Pana
यश र क्रुनाल चम्कदा  निरीह बन्यो गुजरात

यश ठाकुर र क्रुनाल पाण्ड्याले घातक बलिङ गरेपछि गुजरात टाइटन्स लखनउ सुपर जायन्ट्ससँग ३३ रनले पराजित भएको छ । आइतबार राति भएको खेलमा १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरात १८.५ ओभरमा मात्र १ सय ३० रनमा समेटियो । 

 

 

लखनउका लागि ठाकुरले ३.५ ओभर बलिङ गर्दै एक मेडनसहित मात्र ३० रन खर्चेर ५ विकेट लिए । उनलाई पाण्ड्याले ४ ओभरमा मात्र ११ रन खर्चँदै ३ विकेट लिएर राम्रो साथ दिए । 

 

 

 

गुजरातका लागि साइ सुदर्शनले ३१ रन तथा राहुल तेवाटियाले ३० रन बनाउनबाहेक अन्य ब्याट्सम्यानले खासै योगदान दिन सकेनन् । कप्तान शुभमन गिलले १९ तथा विजय शंकरले १७ रन बनाए । दर्शन नलकन्डेले १२ रन बनाउँदा अन्यले दोहोरो अङ्क नै छुन सकेनन् ।

यसअघि पहिले ब्याटिङ गरेको लखनउले मार्कस स्टोइनिसको अर्धशतकको मद्दतले निर्धातिर २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६३ रन बनाएको थियो । स्टोइनिसले ४३ बलमा ४ चौका र २ छक्का हिर्काए ।

stoinis

उनलाई कप्तान केएल राहुलले ३३ रन तथा निकोलस पुरनले ३२ रन बनाउँदै साथ दिए । आयुश बडोनीले ११ बलमा २० रनको योगदान दिए । गुजरातका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए ।

४ खेलमा गुजारतको तेस्रो जीत हो । टोली ६ अङ्कसहित तेस्रो स्थानमा छ । गुजराजत भने ५ खेलमा तेस्रो हार बेहोर्न बाध्य बनेको छ । ४ अङ्कसहित टोली सातौँ स्थानमा सीमित छ ।

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update