Public Pana
खगराजको दाबी असंवैधानिक भएको भन्दै कांग्रेसले बुझायो प्रदेश प्रमुखलाई ज्ञापनपत्र

 गण्डकी प्रदेशमा संवैधानिक रुपमा दावी गरेको भन्दै नेपाली कांग्रेसले विरोध गरेको छ। प्रदेश प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै नेपाली कांग्रेसले असंवैधाकि प्रक्रियाबाट मुख्यमन्त्री नियुक्ति नगरियोस् भनी आग्रह गरेको छ।

नेपाली कांग्रेस संसदीय दलका नेता एवं निर्वतमान मुख्यमन्त्री सुरेन्द्र पाण्डेले सभामुखको हस्ताक्षरसहित बहुमत दाबी गर्ने कार्य सर्वोच्च अदालतले नै असंवैधानिक भनि व्याख्या गरेकाले एमालेका उम्मेदवार खगराज अधिकारीको दाबी गलत भएको जिकिर गरेका छन्।

‘सभामुखले हस्ताक्षर गरेको भनिएको मा. खगराज अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरिएको भनिएको उक्त व्यहोरा सरासर नेपालको संविधान, कानुन, स्थापित नजीर सिद्धान्त र परम्पराविरुद्ध छ। तसर्थ उक्त गैरसंवैधानिक दाबीका आधारमा मुख्यमन्त्री नियुक्ति हुने काम रोकियोस्,’ पाण्डेको विज्ञप्तिमा भनिएको छ। 

सत्ता गठबन्धनका तर्फबाट अधिकारीले आइतबार नेकपा एमाले २२ र माओवादी ८ र स्वत्नत्र सांसद दिपक मनाङेले पनि साथ दिएका थिए।

434053275_948172820170181_3629375881417321447_n-1712476531.png

 

 

 

434036728_1801907033644901_4804229148139389956_n-1712476531.png

 

 

facebook sharing button

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update