Public Pana
नेपाल ‘ए’ले पायो २८५ रनको चुनौतीपूर्ण लक्ष्य

आयरल्याण्ड ‘ए’ विरुद्धको तेस्रो एकदिवसीय खेलमा नेपाल ‘ए’ले २८५ रनको चुनौतीपूर्ण लक्ष्य पाएको छ। 

त्रिवि क्रिकेट मैदानमा टस जित्दै पहिले ब्याटिङ गरेको आयरल्यान्ड वल्भ्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २८४ रनको स्कोर बनायो। 

आयरल्यान्डको ठूलो स्कोर खडा हुनुमा ओपनर स्टेफिन दोहेनीको शतकीय पारी महत्वपूर्ण रह्यो। उनले १२९ बलको सामना गर्दै ८ चौका र दुई छक्काको मद्दतमा १०७ रनको शतकीय इनिङ्ग खेले। 

यस्तै पिजे मोरले ४४ रन बनाए भने म्याथ्यू हमफ्रियसले २३ रन बनाए भने मोर्गन टपिङले २१ रन बनाउँदा फियोन हान्डले २० रन जोडे। बेन ह्वाइटले नटआउट १९  जेम्स म्याकुलम ९, केड कार्माइकल ८, नील रकले १ रन जोडे। 

नेपालका लागि रिजन ढकालले ३ विकेट लिँदा रञ्जित कुमारले पनि तीन विकेट लिए। यस्तै विकाश आग्री र शाहब आलमले एक एक विकेट लिए। 

तीन खेलको शृङ्खलामा आयरल्याण्ड ‘ए’ले सुरुका दुई खेल जित्दै शृङ्खलामा कब्जा जमाइसकेको छ। आज नेपाल ‘ए’ सान्त्वना जितको खोजीमा हुनेछ। नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा एक सय १४ रनले पराजित भएको थियो। 

नेपालको आजको प्लेइङ ११ मा कप्तान विनोद भण्डारीसँगै अर्जुन कुमाल, देव खनाल, नरेन भट्ट, भीम सार्की, अर्जुन साउद, सहाब आलम, रञ्जित कुमार, रुपेश, रिजन, विकास आग्री छन्।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:११
प्रतिक्रिया दिनुहोस्
Weather Update