Public Pana
गुजरात विरुद्ध टस जितेर ब्याटिङ गर्दै नेपाल 

काठमाडाै- भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपअन्तर्गत फाइनलमा गुजरातसँग टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेकाे छ ।
याे फाइलन हाे । आजकाे खेल जितेमा नेपालले उपाधी जित्ने छ ।  
नेपालले पछिल्लो खेलमा  चार परिवर्तन गरेको छ । नेपालको टोलीमा कप्तान रोहित पौडेल, सोमपाल कामी, अभिनाश बोहरा र आसिफ शेख फर्किएका छन् । 
आज तीव्र गतिका बलर आकाश चन्द, प्रतिश जि.सी, ललित राजवंशी र अनिल शाहलाई  बेन्चमा राखिएकाे छ  ।
नेपाल एक खेलमात्र पराजित भएकाे छ । 


सिरिजको सुरुवाती खेलमा नेपालले गुजरातलाई ८ विकेट र ८ रन तथा बरोडालाई २७ रनले हराएको थियो । अन्तिम खेलमा भने नेपाल बरोडासँग ३७ रनले पराजित भएको थियो । उता गुजरातले बरोडालाई ५ विकेट र ५७ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो ।

नेपालको प्लेइङ ११ : कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, रोहित पौडेल (कप्तान), गुलशन झा, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, करण केसी, आसिफ शेख र अभिनाश बोहरा ।

प्रकाशित मिति: आइतबार, चैत २५, २०८०  १३:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update